१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सामुदायिक कुकुर वन्ध्याकरण शिविर सम्पन्न

सेयर:

९ मंसिर, विर्तामोड: बिर्तामोडमा गत मंसिर ५ गते शुक्रवार देखि सुरु भएको सामुदायिक कुकुर वन्ध्याकरण शिविर सम्पन्न भएको छ ।
हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षी तथा मत्स्य विकास शाखाले नगरपालिकाको कार्यालय परिसरमा आयोजना गरेको वन्ध्याकरण शिविर बुधबार सम्पन्न भएको हो । सिविरमा भाले कुकुर ९० र पाथी कुकुर १५२ वटा गरि २६० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरीएको जनाइएको छ । सिविरमा सडकबाट उठाएर ल्याइएका १७ वटा सामुदायिक कुकुरलाई भने मारिएको छ । क्यान्सर लगायतका रोगबाट पीडित रहेका उनीहरुलाई औषधीको माध्यमबाट मुक्ति दिएको हिमालयन एनिमल रेस्क्यु ट्रष्टका सञ्चालक खगेश्वर भट्टराईले जानकारी दिनु भयो । उहाँले उनीहरुको रोग अन्य कुकुरहरुमा समेत सर्ने भएकाले उनीहरुलाई मुक्ति दिन बाध्य भएको बताउनु भयो ।

सिविरमा बन्ध्याकरण गरिएका सबै कुकुरहरुलाई रेविज विरुद्वको खोप समेत लगाइएको छ । बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुरको संख्या नबढोस् भनेर विगत ४ वर्षदेखि वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । सिविरमा हिमालयन एनिमल रेस्क्यु ट्रष्टका १२ जनाको टोलीले काम गरेको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।