१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मागुरमाडी सिमसार क्षेत्रको उद्घाटन

सेयर:

२१ पुस, मेचीनगर : मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ को २६ औं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।साथै, सोही अवसरमा पर्यटकीय सिमसार क्षेत्रको उद्घाटन समेत गरिएको छ । उद्घाटनसँगै वन समूहको सिमसार क्षेत्र पर्यटकका लागि खुला भएको छ । साधारण सभा तथा पर्यटकीय सिमसार क्षेत्रको उद्घाटन मेचीनगर प्रमुख विमल आचार्यले गरेका हुन् ।

वन समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूले साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उपभोक्ताको हितमा ल्याइएका कार्यक्रमहरु सम्पन्न गरिएको उल्लेख छ । यस्तै, वन समूह परिसरमा रहेको मागुरमाडी पर्यापर्यटन सिमसार क्षेत्रलाई सञ्चालनमा ल्याउन सकिएको उल्लेख छ ।

समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न साधारण सभामा मेचीनगर प्रमुख विमल आचार्यले वन समूह र नगरपालिकाबीचको समन्वयमा वन विकास गर्न सकिने बताए । उनले मेचीनगर क्षेत्रभित्र रहेका वनहरुको गतिविधिलाई समेटेर नगरपालिकाले पुस्तक सार्वजनिक गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, जिल्ला वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, मेची सव डिभिजन कार्यालय प्रमुख राजन राई, मेचीनगर वडा नं. ९ का वडाध्यक्ष गोपाल खड्का, वडा सदस्य इन्द्र प्रधान, खुट्टीडाँगी सामुदायिक वनका अध्यक्ष टंकबहादुर नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वन समूहका उपाध्यक्ष जोखेन मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कमला गौतमले गरेकी थिइन् । वार्षिक साधारण सभाको अवसरमा उपभोक्तालाई सिमसार क्षेत्रमा पिकनिक समेत खुवाइएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।