१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बर्जु महोत्सव प्रकरण :को हुन् खेसारीलाल यादव ?

सेयर:

सुनसरीको बर्जु महोत्सवमा भोजपुरी सुपरस्टार तथा गायक खेसरीलाल यादव आउने भनेर प्रचार गरिएको कार्यक्रममा उनी नपुग्दा मंगलबार तोडफोड र आगजनी भयो। यसअघि उनको नाम नसुनेकाहरुले खेसरीलाल को हुन् भनेर सामाजिक सञ्जालहरुमा जिज्ञासा व्यक्त गरे । तर हिन्दी र भोजपुरी फिल्म हेर्ने तराइ क्षेत्रका मानिसहरुको लागि भने उनी चिनिएका फिल्म स्टार हुन् ।

उनलाई उनको अहिलेको सफलता र लोकप्रियताका साथै विगतको संघर्षलेसमेत पहिचान दिलाएको हो ।

खेसारीको जन्म बिहारको सिवान जिल्लामा भएको थियो । खेसरीलाल यादवले ‘साजन चले ससुराल’ बाट आफ्नो करियर सुरु गरेका थिए । यो फिल्मबाट खेसारीले ११ हजार रुपैयाँ पाएका थिए । उनी आज भोजपुरी सिनेमाका सबैभन्दा महँगा अभिनेता हुन् । खेसरीलाल यादव हालै सम्पन्न बिग बोस सिजन १३ मा देखिएका थिए । जहाँ दर्शकले उनलाई निकै मन पराए तर उनी चाँडै शोबाट बाहिरिए ।

उनी अभिनय र गायनमा करियर बनाउनु अघि दिल्लीमा लिट्टी चोखाको व्यापार गर्थे । उनले खोलेको पसलमा उनकी श्रीमतीले पनि सघाउने गर्थिन् । खेसारीले अभिनय सुरु गर्नुअघि नै बिहे गरेका थिए ।

एक अन्तर्वार्तामा खेसारीले आफ्नो विवाहको बारेमा आफूसँग पैसा पनि नभएको बताएका थिए । उनका ससुराले छोरीको बिहेका लागि भैंसी बेचेका थिए । विवाह गरेपछि खेसरीको भाग्य फेरियो । खेसरीलाल यादवका दुई सन्तान छन् । आज खेसारीसँग आफूले चाहेको सबै थोक छ । उनी अभिनेता, गायकका साथै नर्तकसमेत हुन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।