१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बिन्ती बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भवन उद्घाटन

सेयर:

२१ फागुन, मेचीनगर : मेचीनगर–८ मा केन्द्रीय कार्यालय रहेको बिन्ती बचत तथा ऋण सहकारी संस्थाले दैनिक कार्य सम्पादन तथा सदस्यहरुलाई आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । शनिबार एक कार्यक्रमका बीच नवनिर्मित भवन उद्घाटन भएको हो ।
संस्थाका अध्यक्ष दशरथ खडियाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

२०६५ सालमा २९ जना शेयर सदस्यबाट एक हजारका दरले जम्मा २९ हजार शेयर पुँजीबाट सुरु गरिएको संस्थाले हाल ३० लाख भन्दाबढी शेयर पूँजी पु¥याएको छ । ग्रामीण क्षेत्रबाट बचत संकलन गरी ग्रामीण क्षेत्रमै सहकारी सञ्चालन गर्न चुनौतिपूर्ण भएता पनि आफ्नै संस्थाबाट अधिकतम् आर्थिक कारोवार गरी यसलाई अगाडि बढाउँदै लैजाने संस्थाका अध्यक्ष दशरथ खडियाले बताए ।
सदस्यहरुको मागलाई ध्यानमा राख्दै संस्थाले निकट भविष्यमा नै सहकारी पसल सञ्चालनमा ल्याउने र सदस्यहरुले बजारमा पाउने सुविधा अब गाउँमै सहकारीको माध्यमबाट उपलब्ध गराउने योजना रहेको अध्यक्ष खडियाले जानकारी दिए ।
गरिबीका रेखामुनी रहेका मजदुर, किसान, विपन्न तथा साना व्यवसायीको छरिएर रहेको पुँजीलाई एकीकृत गरी बचत गर्ने बानीको विकास भएको अध्यक्ष खडियाले बताए । संस्थाको पहिलो सेवा केन्द्र श्रृजना चोकमा चाँडै सञ्चालनमा ल्याउने संस्थाकी व्यवस्थापक आरती उराँवले जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख अतिथि विश्वेश्वरप्रसाद भट्टराई, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमराज गुरुङ, दुर्गेश्वरी कृषि सहकारी संस्थाका सचिव रेवन्तराज पोखरेल, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रलाद खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष प्रेमबहादुर देवकोटा (विकास)ले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखापाल किशोरकुमार सार्कीले गरेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।