११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

रातोपोष्ट साप्ताहिकमा जिम्मेवारी हेरफेर : प्रधान सम्पादकमा दिलिप थापा नियुक्त

सेयर:

असार २०, मेचीनगर : रातो पोष्ट साप्ताहिक पत्रिकाको प्रधान सम्पादकमा दिलिप थापा नियुक्त हुनु भएको छ ।

रातो पोष्ट मिडिया प्रालिद्वारा सञ्चालित रातो पोष्ट साप्ताहिक एवम् डिजिटल पत्रिका रातो पोष्ट डटकमको प्रधान सम्पादकमा थापा चयन हुनु भएको हो ।

आइतबार रातो पोष्ट मिडिया प्रालिको कार्यालयमा बसेको सञ्चालक समितिकाे बैठकले पत्रकार थापालाई प्रधान सम्पादकमा तथा अर्का पत्रकार प्रविन अधिकारीलाई सम्पादकमा नियुक्ति गरेको सञ्चालक समिति अध्यक्ष गणेशकुमार मगरले बताउनु भयो ।

प्रधान सम्पादक थापा यस अघि पनि सम्पादकको जिम्मेवारीमा हुनुहुन्थ्यो । थापा रातो पोष्ट मिडिया प्रालिका सञ्चालक समिति सदस्य समेत हुनुहुन्छ ।

रातो पोष्ट साप्ताहिकले बिगत दुई वर्ष देखि अनवरत अनलाइन र साप्ताहिक पत्रिकाको माध्यमबाट जनतालाई सुचुचित गर्दै आएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।