१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापाका १४ कांग्रेस कार्यकर्तालाई कारबाही

सेयर:

४ असार, बिर्तामोड : नेपाली कांग्रेस झापाले १४ नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ। स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक र समर्थक १४ जना कारबाहीमा परेको कांग्रेस झापाका सभापति देउकुमारथेबेले जानकारी दिए।

कारबाहीमा पर्नेहरूमा बिर्तामोड नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल, प्रस्तावक भीमराज प्रसाईँ र समर्थक भरत न्यौपाने, बिर्तामोड ४ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमकुमार खड्का, प्रस्तावक राजकुमार प्रसाईँ र समर्थक उत्तम खनाल छन्।

यस्तै कनकाई नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने धर्म राजवंशी, प्रस्तावक टार्जन राजवंशी, समर्थक वेदप्रसाद राजवंशी, सोही वडामा सदस्य पदमा उठ्ने भूमिप्रसाद पराजुली, फूलकुमार राजवंशी र उनीहरूका प्रस्तावक र समर्थक पनि कारबाहीका परेका छन्।

पराजुलीका प्रस्तावक लैनवहादुर थापा, राजवंशीका प्रस्ताव कमलबहादुर थापा र समर्थक नरेन्द्रबहादुर बुढाथोकीको हकमा यसअघि नै पार्टी केन्द्रमा कारबाहीका लागि सिफारिस भइसकेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा १३ (ग) र मिति २०७९ वैशाख १६ र १९ को नेपाली कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र अनुसार झापा जिल्ला कार्य समितिले मिति वैशाख २४ गते नै बागी उम्मेदवार र प्रस्तावकर समर्थकको सदस्यता खारेजीका लागि प्रमाणसहित केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको जनाइएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।