१३ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाली कांग्रेस झापाको संसदीय वोर्ड गठन

सेयर:

३० चैत, झापा : नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न टिकट वितरण र सिफारिसका लागि संसदीय वोर्ड गठन गरेको छ ।
पार्टीको विधान २०१७ संसोधन सहितको धारा ३१ एक को ‘ख’ बमोजिम जिल्ला संसदीय वोर्ड गठन गरेको हो । गठित संसदस्य वोर्डको सभापतिमा पार्टीका जिल्ला सभापति देउकुमार थेवे, वोर्ड सचिवमा कृष्ण हुमागाई र नवीन विमली रहेका छन् ।
त्यस्तै सदस्यहरुमा उपसभापतिद्वय शेरवहादुर भट्टराई, केशवराज पाण्डे, सहसचिवद्वय कालेन्द्र प्रसाद राजवंशी, कमल भण्डारी तथा सभापति पदका निकटतम प्रतिष्पर्धी राम कट्टेल रहेका छन् ।
जिल्ला सदस्यहरु मध्येबाट सभापतिले मनोनयन गर्ने पाँच जना बोर्ड सदस्यहरुमा रमेश दाहाल, पार्वता गिरी, भक्त खवास, रुद्र चियरिया र सरस्वती सेढाई सदस्य रहेका छन् ।
यसैगरी विधान अनुसार जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने मध्येबाट महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री तथा पार्टीका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, केशव कुमार वुढाथोकी, सरिता प्रसाई, महेन्द्रा कुमारी सुब्बा , सुशीला ढकाल आचार्य र १ नम्वर सभापति उद्धव थापा पदेन सदस्य रहेका छन् ।
यो संगै नेपाली कांग्रेस झापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टी भित्र आन्तरिक अनुसासन कायम राख्न तीन सदस्यीय अनुसाशन समिति गठन गरेको छ ।
गठित समितिको सभापतिमा पार्टी सभापति थेवे र सदस्यहरुमा पार्टी उपसभापति शेरवहादुर भट्टराई र केशवराज पाण्डे रहेका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।