११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

विकास भनेको पीच बनाउनु मात्र होइन : नगरप्रमुख बुढाथोकी

सेयर:

२३ जेठ, मेचीनगर : मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले विकास भनेको नै चेतना भएको बताएका छन् ।

सोमबार पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूह मेचीनगर–११ र १२ स्थित धाइजनको आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

‘विकास भनेको पीच बनाउनु मात्र होइन’, नगरप्रमुख बुढाथोकीले भने–‘विकास भनेको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य नै हो । मानिसमा चेतना वृद्वि भए विकास आफसे आफ हुनेछ । सडक, पुल लगायतका विकास भनेको दोस्रो कुरा हो ।’

पानी स्वास्थ्यसँग जोडिएको विषय भएकोले निरोगी बन्न स्वास्थ पानी पीउन आवश्यक रहेको उनले बताए । उनका अनुसार नगरबासीलाई खानेपानीको अभाव हुन नदिन खानेपानीको नीति र तर्जुमा बनाएर अघि बढिने छ ।

कार्यक्रममा वडा नम्बर १२ का वडाध्यक्ष मधुसुदन निरौला, चिलिमगडी खानेपानी संस्थाका सहसचिव राजेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पाथिभरा खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष लालबहादुर चौहानले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०७२ सालमा स्थापना भएको यस समूहमा १६५ वटा धारा व्यक्तीको नाममा र ७ वटा धारा सार्वजनिक रुपमा रहेको संस्थाले जनाएको छ ।

कार्यक्रमको स्वागत संस्थाका सल्लाहकार संयोजक ललितबहादुर विष्ट र सञ्चालन सचिव शान्तिराम चिमरियाले गरेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।