१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

गौरादह नगरपालिकामा आज( मङ्गलबार)बाट एक साताको लागि लकडाउन

सेयर:

गौरादह। कोराना भाइरसको जोखिम नियन्त्रणका लागि झापाको गौरादह नगरपालिकामा मंगलबार रातिदेखि एक हप्ताका लागि ‘लकडाउन’ गरिने भएको छ।

कोभिड १९ नियन्त्रण सम्बन्धि सोमबार बसेको सर्वपक्षिय बैठकले साउन १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

कोभिड १९ को संक्रमण बढ्दो अवस्थामा रहेको, त्यसका नियन्त्रणका लागि र नजिकका पालिकाहरुमा गरेको बन्दाबन्दीलाई मध्यनजर गर्दै साउन १२ गते मंगलबारदेखि साउन १८ गते राती १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र आंशिक लकडाउन गर्ने निर्णय गरिएको गौरादह नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिए ।

बैठकले गौरादह नगरपालिका क्षेत्रभित्र साप्ताहिक हाटबजार पूर्णरुपले बन्द गर्ने निर्णय गरेको छ । यस्तै, औषधी पसल र दुध डेरी बाहेक अन्य पसल तथा व्यवसाय र तरकारी बजार समेत बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ ।

यस्तैगरि, बैंक तथा बित्तिय संस्थाको हकमा भने बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।