१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कोशी प्रदेशमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

सेयर:

विराटनगर : कोशी प्रदेशमा वर्तमान सरकार ढलेकाे छ । कोशीका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वकाे सरकार ढल्न पुगेकाे हाे ।

प्रदेश सभामा आज भएको मत विभाजनका क्रममा उनले विश्वासको मत प्राप्त गर्न सकेनन् । मुख्यमन्त्री कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको छ । १ सिट भएको जसपाकी सांसद निर्मला लिम्बू भने दुवै पक्षमा समर्थन नगर्ने भएर अनुपस्थित भइन् । ८९ सदस्य उपस्थित रहेका थिए।

९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसदहरु आवश्यक रहेको अवस्थामा सत्तारुढ दल नेकपा एमालेका ४० र राप्रपाका ६ गरेर ४६ जनाले पक्षमा मतदान गरे । विपक्षी गठबन्धनका दलहरु नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १२ र नेकपा एससँग ४ गरेर जम्मा ४३ जना मात्र सांसदहरु विपक्षमा रहेका छन् ।

मुख्यमन्त्रीकाे पक्षमा बहुमत नपुगेकोले अस्वीकार भएको सुनाउँदै सभामुखले अर्को सुचना नआएसम्मका लागि बैठक नै स्थगित गरेका छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।