१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अन्यपालिकामा दर्ता भएका सिटी सफारीले इटहरी जादा टाइम कार्ड अनिवार्य लिनुपर्ने

सेयर:

इटहरी ।अन्य पालिकामा दर्ता भएका तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) लाई इटहरी प्रवेश गर्दा अनिवार्य टाइम कार्ड लागू गरिएको छ ।

इटहरी क्षेत्रबाहेक आसपासका क्षेत्रमा दर्ता भएका सिटी सफारीका लागि टाइम कार्ड लागू गरेको गरिएको हो ।

इटहरी उपमहानगपालिकाले सिटी सफारीलाई व्यवस्थित गर्नका लागि भदौ १७ गतेदेखि बाहिरका स्थानीय तहमा दर्ता भएकालाई सञ्चालनमा रोक लगाएको थियो ।

इटहरीले रोक लगाएपछि सुन्दरहरैँचासँगै आसपासका पालिका प्रमुखसँग सहमतिका साथ व्यवस्थित गर्ने निर्णय भएसँगै टाइम कार्ड लागू गरिएको हो ।

इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलका अनुसार सिटी सफारी व्यवस्थित गर्दा शहरको सुन्दरतासँगै दुर्घटना न्यूनीकरण हुने र सडकमा सवारी आवगमनमा सहजता हुने भएकाले गर्दा टाइम कार्ड लागू गरिएको हो ।

उनले भने, ‘सिटी सफारीलाई व्यवस्थित गर्न इटहरी बाहिर दर्ता भएकालाई टाइम कार्ड लागू गरिएको हो । अब इटहरीसँगै आसपासमा चल्ने सबै सिटी सफारी जो दर्ता भएका छैनन्, अविलम्ब दर्ता हुनुपर्छ । नत्र सञ्चालनमा रोक लगाइनेछ ।’

इटहरीमा अत्याधिक सिटी सफारीले दुर्घटना निम्त्यिाएकाले पूर्वका शहरमध्ये इटहरीले नै अगुवाई गरेर व्यवस्थित गर्न थालेको उनको दाबी छ ।

‘बाहिर दर्ता भएर अति आवश्यक कामले इटहरी आउनेलाई निश्चित कामका लागि टाइम तोकेर कार्ड दिन थालिएको छ,’ इटहरी उपमहानगरपालिका अधिकृत गणेश भट्टराईले भने, ‘सिटी सफारीलाई व्यवस्थित गर्न सकिएन भने यसले निकै ठूलो समस्या निम्तियाउन सक्छ भनेर बेलैदेखि यसलाई व्यवस्थित गर्न लागिएको हो ।’

इटहरीमा पहिलोपल्ट ट्राफिक प्रहरीको अगुवाईमा २०७३ असोज दोस्रो साता पनि मुख्य राजमार्गमा सिटी सफारी गुड्न रोक लगाइएको थियो ।

तर, सिटी सफारी चालकले आन्दोलन चर्काएपछि एक दिनमै ट्राफिक प्रहरी लचिलो भएर यात्रुलाई गन्तब्य स्थानसम्म पु¥याउन छोटो दुरीका लागि मुख्य राजमार्गमा गुड्न दिने सहमति गरेसँगै सहज ढंगले सिटी सफारी सञ्चालनमा आएका थिए ।

त्यसयता इटहरीमा सिटी सफारी व्यवस्थित गर्न पटक पटक निर्णय भएपनि सिटी सफारी चालकको आन्दोलनले स्थगित हुँदै आएको थियो । तर, पछिल्लो समय उपमहानगरपालिकाले अगुवाई गरेपछि भने सहज हुँदै आएको छ ।

सिटी सफारी व्यवस्थित गर्नकै लागि इटहरी उपमहानगरपालिकाले अब इटहरी क्षेत्रमा बसोबास गर्नेको मात्र सफारी दर्ता गर्दै आएको छ ।

इटहरीमा दुई हजार सिटी सफारी दर्ता भएका छन् ।

सिटी सफारी सबैभन्दा बढी झापा, मोरङ र सुनसरीका ठूला सहरमा सञ्चालनमा रहेका छन् । पछिल्लो समय पूर्वका पहाडी जिल्लामा पनि सिटी सफारी सञ्चालन हुने गरेका छन् ।

कोसी प्रदेशमा मात्र २० हजार हाराहारी सिटी सफारी रहेको अञ्चल यातायात कार्यालय इटहरीले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।