१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेकपा माओवादीद्वारा गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न निर्देशन

सेयर:

२७ वैशाख, झापा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कार्यकर्तालाई विशेष निर्देशन गर्दै गठबन्धन दलका पक्षमा मतदान गर्न आह्वान गरेको छ । नेकपा माओवादी केन्द्रका झापा इन्चार्ज राजु आचार्य (अग्नि ) र सचिव मोहन टुडु (सरोज)द्वारा हस्ताक्षरित विशेष निर्देशन पत्रमार्फत गठबन्धन दलबाहेकका बागी, विद्रोही उम्मेद्वारको पक्षमा नलाग्न निर्देशन गरिएको हो ।
नेपाली जनताको निरन्तरको संघर्ष, शहीदहरुको बलिदान, हजारौं नेता/कार्यकर्ताको त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, राष्ट्र र जनताको रक्षाका लागि प्रतिगमन विरुद्ध संघर्षरत दलहरुबीच गठबन्धन भएको उल्लेख गर्दै विशेष निर्देशन पत्रमा गठबन्धन दलहरु बीचमा अधिकतम स्थानीय तहहरुमा चुनावी तालमेल भएको र तालमेल नभएका स्थानहरुमा स्वस्थ र मित्रवत प्रतिष्पर्धा गर्ने गठबन्धन दलको कार्यदल र जिल्ला संयन्त्रमा भद्र सहमति भएको उल्लेख गरिएको छ ।
‘झापाका सबै स्थानीय तहहरुमा गठबन्धन दलका आधिकारिक उम्मेद्वारहरुलाई विजयी गराउन र कुनै पनि बागी, विद्रोही उम्मेद्वारको पक्षमा नलाग्न नेकपा माओवादी केन्द्रका सबै नेता कार्यकर्ता कमरेडहरुमा विशेष निर्देशन गर्दछौं ’– विशेष निर्देशनमा भनिएको छ ।
गठबन्धन दलबीच ११ वटा पालिका र ती पालिकाका ९९ वडामा सहमतिमा साझा उम्मेद्वार उठाउने सहमति भएको छ भने झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका, कनकाई नगरपालिका र कचनकबल गाउँपालिकामा मित्रवत् प्रतिष्पर्धा गर्ने भद्र सहमति भएको छ । यी पालिकाबाहेकका २ वटा वडामा पनि मित्रवत् प्रतिष्पर्धा गर्ने सहमति भएको कार्यदलका संयोजक कृष्ण हुमागाईले बताउनुभयो ।
उक्त सहमति विपरित स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका कनकाई नगरपालिकाका लागि प्रमुख पदका उम्मेद्वार शेरबहादुर थापाको कार्यक्रममा माओवादी कार्यकर्ता झण्डासहित देखिएपछि पार्टीले आफ्ना कार्यकर्तामा विशेष निर्देशन गरेको बुझिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।