११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल सवार दुईको मृत्यु

सेयर:

इटहरी ।सुनसरीमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।

कोशी गाउँपालिका–८ भण्टाबारीको ट्राफिक पोष्ट नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश–१–०१-००१ख ३५३० नम्बरको यात्रुवाहक बसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–२–०१-००१ प ०७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो ।
मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार कोशी–८ का २० वर्षीय अल्ताफ मिया र सोही ठाउँ बस्ने २२ वर्षीय मोहम्मद ग्यासुद्धिन रहेका छन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लाने क्रममा बाटैमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
दुर्घटना भएपछि स्थानीयहरूले नाराबाजी गर्दै चार घण्टा लोक मार्ग अवरुद्ध गरेका थिए । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी र जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्की लगायतका टोलीले स्थानीयहरूसँग वार्ता गरेपछि अवरुद्ध लोक मार्ग सुचारु भएको थियो ।
बस चालक झापा जिल्ला कन्काइ नगरपालिका २ बस्ने ५५ वर्षीय पुष्प अधिकारी प्रहरीको नियन्त्रणमा छन्

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।