१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पत्रकार मुक्ति पौडेलद्वारा नेकपा एमाले र प्रेस चौतारी परित्याग गरेको घोषणा

सेयर:

१८ माघ, मेचीनगर : नेकपा एमालेको भातृ संस्था प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले एमालेको पार्टी सदस्यता र प्रेस चौतारी दुबै परित्याग गरेको घोषणा गर्नु भएको छ । झापामा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय पौडेलले आज फेसबुक मार्फत एक प्रेस वक्तव्य प्रकाशित गर्दै आजकै मितिदेखि नेकपा एमाले र प्रेस चौतारी दुबै परित्याग गरेको घोषणा गर्नु भएको छ ।

विगत दुई दशकदेखि नेकपा एमालेको संगठित सदस्य रहँदै विभिन्न जिम्मेवारी सम्हालिरहनुभएका मेचीनगर–६ काँकरभिट्टा निवासी पौडेल २०६४ सालदेखि नेपाल कम्युनिष्ट पार्टी एमालेको संगठित सदस्य भई हालसम्म सक्रिय रहनुभएको थियो ।

नेकपा एमालेले प्रजातान्त्रिक पद्धति एवं लोकतान्त्रिक विधि र नीतिको पालना नगरेको र व्यक्तिवाद हावी भएका कारण एमाले पार्टीको सदस्य रहिरहन उपयुक्त नदेखिएकाले आजैका मितिबाट नेकपा एमालेको सदस्य एवं प्रेस चौतारीको केन्द्रीय सदस्य समेत नरहने प्रेस वक्तव्यमा पौडेलले उल्लेख गर्नु भएको छ । पौडेलले वक्तव्यमा भन्नुभएको छ,‘आगामी दिनमा विधि, पद्धति, नीति, सिद्धान्त, सदाचार र नागरिक अधिकारका निमित्त क्रियाशिल रहने उद्घोष गर्दछु ।’

हेर्नुहोस् प्रेस वक्तव्य :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।