१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

केएस भरतले नेपाल प्रिमियर लिग (एनपीएल) नखेल्ने

व्यस्तताका कारण देखाउँदै काठमान्डु गोर्खाजमा अनुबन्धित भारतीय विकेटकिपर ब्याटरले यस सिजनको प्रतियोगिता नखेल्ने पक्का भएको छ।

सेयर:

व्यस्तताका कारण देखाउँदै काठमान्डु गोर्खाजमा अनुबन्धित भारतीय विकेटकिपर ब्याटरले यस सिजनको प्रतियोगिता नखेल्ने पक्का भएको छ।

📌 मुख्य बुँदाहरू:

  • काठमान्डु गोर्खाजमा अनुबन्धित भारतीय खेलाडी केएस भरतले एनपीएल नखेल्ने भएका छन्।
  • फ्रान्चाइज टोलीले व्यस्तताका कारण भरत यस सिजनमा जोडिन नसक्ने औपचारिक जानकारी दिएको छ।
  • ३२ वर्षीय भरतले केही महिनाअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए।

काठमान्डु गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) नखेल्ने भएका छन् । कार्यव्यस्तताका कारण उनी यस सिजनको प्रतियोगितामा सहभागी नहुने भएपछि काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत यो जानकारी गराएको हो ।

फ्रान्चाइज टोलीले आफ्नो आधिकारिक फेसबुकमार्फत भरत यस सिजनमा टोलीसँग जोडिन नसक्نے र उनको उज्ज्वल भविष्यको कामना गर्ने जनाएको छ । काठमाडौं गोर्खाजले तेस्रो सिजनको एनपीएलका लागि उनलाई गत भदौ पहिलो साता टोलीमा अनुबन्ध गरेको घोषणा गरेको थियो ।

भरतको क्रिकेट करियर र अनुभव

३२ वर्षीय केएस भरतले केही महिनाअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेको अनुभव संगालेका छन् ।

टी–२० क्रिकेटमा ९१ खेल खेल्दै उनले १ हजार ८ सयभन्दा बढी रन बनाएका छन् । विकेटकिपिङका साथै मध्यक्रममा भरपर्दो ब्याटिङ गर्न सक्ने क्षमता भएका भरत सन् २०२४ को इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको कोलकाता नाइट राइडर्स टोलीका सदस्य समेत रहेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।