१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रदेश २ को नाम र राजधानीका लागि लोसपाको वार्ता समिति

सेयर:

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ को नाम राख्ने र राजधानी टुंगो लगाउनेबारे छलफल गर्न ७ सदस्यीय वार्ता समिति गठन गरेको छ।

लोसपाले यसका लागि प्रदेशसभा सदस्य रानी शर्माको संयोजकत्वमा समिति बनाएको हो।

लोसपाले परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरीलाई वार्ता समितिको सदस्यमा राखेको छ।

लोसपाले प्रदेश २ को नाम मधेश राख्ने र जनकपुरलाई राजधानी बनाउनेबारे प्रदेशसभामा रहेका अन्य राजनीतिक दलसँग वार्ता गर्न समिति गठन गरेको हो।

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभामा पुस ८ गते पेश गर्ने तयारी गरेको छ।

प्रदेश २ को प्रदेशसभाको बैठक पुस ८ गते बिहीबार दिउँसो १ बजे बस्नेछ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।