१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

विद्यालय सञ्चालन गर्न अनुमति माग गर्दै निजी विद्यालयका संगठनद्वारा मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाए

सेयर:

२७ भाद्र, मेचीनगर : मेचीनगरमा क्रियाशील संस्थागत विद्यालयका सञ्चालकहरुले विद्यालय सञ्चालन गर्ने वातावरण तयार गरिदिन अनुरोध गर्दै आइतबार ज्ञापन पत्र बुझाएका छन् ।

निजी विद्यालयहरुका दुईवटै संगठन एन प्याब्सन र प्याब्सनका मेचीनगर अध्यक्षद्वय भगिरथ राई र डम्बर रुकचालद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य तथा उप–प्रमुख मीना पोखरेल उप्रेती समक्ष हस्तान्तरण गरिएको एनप्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राईले बताउनु भयो । ज्ञापन पत्रको बोधार्थ मेचीनगर शिक्षा शाखा समेतमा दिइएको छ ।

ज्ञापन पत्रमा लामो समय देखि कोभिडका कारण विद्यालयहरु बन्द रहेका कारण शैक्षिक गतिविधि अस्तव्यस्त बनेको र बैकल्पिक सिकाइ सहजीकरणमा आधाभन्दा धैरै विद्यार्थीहरु नसमेटिएको र अभिभावकहरुबाट समेत विद्यालय सञ्चालनमा दबाब आउन थालेको र विद्यालय बन्द हुँदा विद्यालयमा आस्रित हजारौं श्रमजीवी शिक्षकहरुको रोजगारी संकटमा पर्न गएको र अहिले कोभिडको संक्रमण समेत दिनानुदिन घट्दै गएका कारण विद्यालय सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरिएको छ ।

आफूहरु स्वास्थ्यका सम्पूर्ण मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन गर्न .तयारी अवस्थामा रहेको र नगरबाट अनुमति प्राप्त भएमा हामी जुनसुकै बेला विद्यालय सञ्चालन गर्न सक्ने कुरा प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचाल बताउनु हुन्छ ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बिमल आचार्यले विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन आफू तत्पर रहेको र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न दिने अनुमति लिन आफूले प्रयत्न गर्ने बताउनु भयो ।

देशका बिभिन्न स्थानमा विद्यालयहरु भौतिक रुपमा नै सञ्चालन गर्ने अनुमति दिन थालिए पछि मेचीनगरमा समेत विद्यालय खुलाउने प्रयत्न गरिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।