१२ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अन्तर मावि वक्तृता प्रतियोगितामा दिब्या, विद्या र विकास उत्कृष्ट

सेयर:

१४ भदौं, काँकरभिट्टा : मनबहादुर बानियाँ क्षेत्री स्मृति प्रथम मेचीनगरस्तरीय अन्तर मावि वक्तृता प्रतियोगितामा धुलाबारी माविकी दिब्या राय उत्कृष्ट बनेकी छिन् ।
शुक्रबार काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न प्रतियोगितामा प्रथम हुँदै रायले नगद ७ हजार, प्रमाण पत्र तथा ट्रफी प्राप्त गरिन् । त्यस्तै हिमालय इङ्लिस एकाडेमी धुलाबारीकी विद्या बुढाथोकी द्वितीय, आदर्श मावि इटाभट्टाका विकास गौतम तृतीय र शहिद दशरथ चन्द मावि चारआलीकी विअसा बराल सान्त्वना भइन् । उनीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र १ हजार तथा प्रमाण पत्र प्राप्त गरे ।
विजेतालाई प्रमुख अतिथि नगर शिक्षा अधिकारी होमनाथ भण्डारी, बानियाँ बन्धु समाजका केन्द्रीय सल्लाहकार हरिचरण बानियाँलगायतले पुरस्कृत गरे ।
बाहुण्डाँगी जेसीजको चौधौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरका ११÷१२ सञ्चालित ८ वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी थिए ।
प्रतियोगिताको प्रमुख निर्णायकमा काँकरभिट्टा बहुमुखी क्याम्पसका प्राध्यापक हेमकुमार खड्का, निर्णायकमा एम्नेष्टी इन्टरनेशनलका केन्द्रीय उपाध्यक्ष केशव पोखरेल र कन्काई क्याम्पसका प्राध्यापक शेरबहादुर बानियाँ रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित उपसचिव भण्डारीले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा जेसीजले गरेको योगदानको प्रशंसा गर्दै सहभागी हुन नसकेका अन्य विद्यालयको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताए । भण्डारीले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले अवसर प्रदान गर्दै आवश्यक तयारी गराउनु पर्नेमा जोड दिए ।
सोअवसरमा शिक्षा शाखा प्रमुख भण्डारी, बाँनिया बन्धु समाजका हरिचरण बानियाँ, धुलावारी जेसीजका पूर्व अध्यक्ष केशव पौडेल, सामाजिक अभियन्ता उद्धव बानियाँ, मेची उद्योग वाणिज्य संघका सदस्य सन्तोष खवासलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
दिवङ्गत मनबहादुर बानियाँको स्मृतिमा भारत असाम निवासी छोराहरु मुक्ति÷निलबहादुर बानियाँ क्षेत्रीद्वारा संरक्षित प्रतियोगिताको विजेताले आगामी असोज ११ र १२ गते धुलावारीमा हुने नेपाल जेसीजको क्षेत्र क सम्मेलनमा सहभागी बन्न पाउने छ । सो प्रतियोगितामा समेत प्रथम भएका राष्ट्रिय प्रतियोगितामा सहभागी बन्ने अध्यक्ष देवु बानियाँले बताए ।
बाहुण्डाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष बानियाँको सभापतित्वमा सम्पन्न प्रतियोगितामा स्वागत समिति कार्यकरिणी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक शुष्मा मिश्र, आस्था वाचन कोषाध्यक्ष नित्यानन्द चम्लगाईँ तथा सञ्चालन महासचिव कौशल उप्रेती तथा प्रेस संयोजक जीआर धितालले संयुक्तरुपमा गरेका थिए ।

एकैदिन दुई कार्यक्रम:

यसैबीच बाहुण्डाँगी जेसीजले शुक्रबारनै मेचीनगर–३, स्थित जनता मावि तेलपानीमा आँखा शिविर कार्यक्रम सञ्चालन गरेको छ । थिम डाइरेक्टर दिवश पौडेलको संयोजकत्वमा भइरहेको शिविरमा हालसम्म ४ सयबढीले आँखा जाँच गराएको पौडेलले बताए ।
शुक्रबार दुई कार्यक्रमसँगै बाहुण्डाँगी जेसीजले यो वर्ष मात्रै हालसम्म ४५ वटा कार्यक्रम सम्पन्न गरिसकेको बाहुण्डाँगी जेसीजका कार्यक्रम संयोजक सामुल रायले बताए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।