२४ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा संक्रमण देखिएको छ भने ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ६ हजार ३०० जनाको कोरोना परीक्षण गर्दा १०९० जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ५८०६ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज २ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ९१ हजार १८५ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ४५ हजार ५७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ७३ हजार ४०५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





















