१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउनेलाई १ लाख पुरस्कार (भिडियो)

सेयर:

काठमाडौँ: गायक दिल तामाङले आफ्नो म्युजिक भिडियो ‘नाचिदेउ बसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक लाख नगद पुरस्कार दिने घोषणा गरेका छन् । यसका लागि जनवरी २८ सम्म समयसीमा तोकिएको छ ।

प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाइसक्नु पर्ने समय सीमा तोकेको हो । यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान पनि गरिने जनाएको हो ।

गीतको भिडियोले सार्वजनिक भएको २ हप्तामै १० लाख अर्थात् १ मिलियन भ्युज पार गरिसकेको छ । भिमफेदी गाइज र एलिसा शर्माको अभिनय रहेको भिडयोलाई स्टार क्याडेटको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो । गीतमा डीपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ । गीतको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।