१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मुख्यमन्त्रीको नव दुलहीसँग सांस्कृतिक भेषमा भिडियो / फोटो सुट

सेयर:

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत माघ ११ गते विवाह गरे । काठमाडौमा विवाह गरेका राईले माघ १६ गते शुक्रबार विराटनगरमा पार्टी दिँदैछन् ।

४९ वर्षे राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग गरेको विवाहलाई लिएर विभिन्न चर्चा चलिरहेको छ । आधा उमेर कम भएकी युवतीसँगको विवाहलाई कतिले विकृती मानेका छन् त कतिले माया प्रेममा उमेर हेरिँदैन, व्यक्तिगत कुरा हो भन्ने खालका टिप्पणीहरु पनि गरेका छन् ।

चर्चा परिचर्चाकै बिचमा बुधबार एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा मुख्यमन्त्री राई र शेर्पा हँसिलो मुद्रामा विभिन्न पोशाकमा एक अर्कालाई माया गर्दै गरेको देखिएका छन् ।

फूलबारी, भीर पाखा र होटलमा एकले अर्कोलाई औंठी लगाइदिएर अंगालोमा बाँध्दै गर्दा जातिगत पोशाक लगाएका छन् । यो भिडियो युट्युबमा जाङ्मुको एकाउण्टबाट पोष्ट भएको छ ।

मुलुककै कान्छो सांसद बनेर राजनीतिमा अगाडि आएका शेरधन मुख्यमन्त्री बनेपछि विवाहको चर्चा चुलिएको थियो । उनको जोडी बन्न आइपुगेकी शेर्पा संखुवासभा घर भएपनि हाल हजुरआमासँग काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् । १३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन् ।

साभार: न्यूजलय

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।