११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

यी हुन् नेपाल पक्षबाट रिटमा हस्ताक्षर गर्ने २३ सांसद

सेयर:

१०, जेठ, काठमाण्डौं । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाल पक्षका नेताहरू हस्ताक्षर संकलन गरी स‌ंसद् सचिवालयमा जम्मा भइसकेका छन् ।

नेपाल पक्षबाट २३ जनाले हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी दिए । यसअघि नेपाल पक्षबाट ३० जनाले हस्ताक्षर गर्ने अर्की सांसद निरादेवी जैरुले बताएकी थिइन् ।

केही सांसद कोरोना लागेकाले र सन्चो नभएकाले उपस्थित हुन नसकेको खतिवडाले जानकारी दिए । यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी पनि उपस्थित भएका छैनन् ।

सुरेन्द्र पाण्डे, दीपकप्रकाश भट्ट र नारायण खतिवडा भने नेपाल समूहतिरै आएर हस्ताक्षर गरेका छन् ।

यी हुन् नेपाल समूहबाट हस्ताक्षर गर्नेहरू :

१. विरोध खतिवडा

२. जीवनराम श्रेष्ठ

३. घनश्याम भुसाल

४. सोमप्रसाद पाण्डे

५. कृष्णलाल महर्जन

६. झपट रावल

७. निरादेवी जैरू

८. सरलाकुमारी यादव

९. कल्याणी खड्का

१०. लक्ष्मी चौधरी

११. माधव नेपाल

१२. भीम रावल

१३. कलिला खातुन

१४. रामकुमारी झाँक्री

१५. झलनाथ खनाल

१६. पुष्पा कर्ण कायस्थ

१७. भवानीप्रसाद खापुङ

१८. यज्ञ सुनुवार

१९. सुरेन्द्र पाण्डे

२०. मुकुन्द न्यौपाने

२१. मेटमणि चौधरी

२२. दीपकप्रकाश भट्ट

२३. नारायण खतिवडा

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।