८ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २०४ पीसीआर परीक्षणबाट ३ हजार ७०३ र ४ हजार ७०९ एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ ।
यसैगरी देशैभरी हालसम्म ६ लाख ५४ हजार ४७० जना संक्रमित भएका छन भने ५ लाख ६४ हजार ८८२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।