१४ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४८ पीसीआर परीक्षणबाट १ हजार ५०९ र ४ हजार ९९२ एन्टिजेन परीक्षणमा ९३५ जना गरी २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ६८ हजार २२१ जना संक्रमित भएका छन भने ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
