२९ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी जम्मा ११ हजार १२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ७ लाख ३२ हजार ८५६ जना संक्रमित भएका छन भने ६ लाख २३ हजार १०५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
