१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कुलमानको बिदाईपछि लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी

सेयर:

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई नियुक्त गरिएको छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सोमबार कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका हुन् ।

वरिष्ठताको आधारमा कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको मन्त्री पुनका प्रेस संयाेजक दयानिधि भट्टले जानकारी दिए । अर्थ निर्देशनालयका प्रमुख कोइराला प्राधिकरणका कार्यरत १२औं तहका उपकार्यकारी निर्देशक हुन् । वरीयताक्रममा कोइरालाभन्दा अघि रहेका अर्का उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य एनईए इन्जिनियरिङ कम्पनीमा प्रबन्ध सञ्चालकको रुपमा काजमा खटिएका छन् ।

शाक्य र कोइरालासहित ग्राहक तथा वितरण सेवा केन्द्रका उपकार्यकारी निर्देशक हरराज न्यौपाने १२औं तहका कर्मचारी हुन् ।

२०७३ भदौ २९ गते मन्त्रिपरिषद्बाट प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका घिसिङ कार्यकाल सकिएपछि मंगलबार प्राधिकरणबाट बिदाई भएका थिए । उनले ऊर्जा मन्त्रालयसँग २०७३ भदौं ३१ गते ४ वर्षे कार्यकालको लागि सम्झौता गरेका थिए । सम्झौताअनुसार उनको कार्यकाल सोमबार सकिएको हो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।