१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

भोलिदेखि सार्वजनिक हुदै टेलिकमको ‘नमस्ते पे’

सेयर:

काठमाडौं : नेपाल टेलिकमको मुख्य लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले भोलिदेखि आफ्नो अनलाइन भुक्तानी सेवा सुरु गर्ने भएको छ । कम्पनीले आवश्यक तयारी पुरा गर्दै ‘नमस्ते पे’ को सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

कम्पनीले यसअघि समेत भुक्तानी सेवा सार्वजनिक गर्ने मिति तय गरेको थियो । तर आवश्यक तयारी पुरा नहुँदा केही ढिलो गरी सेवा सञ्चालनमा आउन लागेको हो ।

नमस्ते पे एप केही महिनादेखि आन्तरिक परीक्षणमा रहेको थियो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले ट्वीटरमार्फत नमस्ते पे भोलि मङ्गलबारदेखि सञ्चालनमा आउन लागेको जानकारी दिएका छन् । कम्पनी स्रोतका अनुसार सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प मात्र उपलब्ध हुनेछन् ।

त्यस्तै वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ । त्यसैगरी प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्ने बताइएको छ ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका सेवा उपलब्ध हुनेछन् । मर्चेन्टका लागि कुनै एउटा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) सँग सम्झौता भइसकेको बताइएको छ ।

– टेकपानाबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।