काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जीतेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो कमेडी च्याम्पियन जीतेका हुन् ।
सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित भए । जीतसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ जीतेका छन् ।
उपाधि जीतेपछि पत्रकारहरुसँग कुरा गर्दै दोस्रो कमेडी च्याम्पियन भरतमणीले कमेडीमा लाग्न जीतले आफूलाई प्रेरित गरेको बताए । उनको समर्थनमा प्रशंसकले हर्षोल्लास मनाउँदै नाराबाजी गरेका छन् ।
विश्वभरका दर्शकको मतदानको आधारमा विजेता चुनिएको थियो । अन्तिम प्रतिस्पर्धामा विक्की, सन्तोष र भरतमणीबीच कडा प्रतिस्पर्धा भएको थियो । पौडेलले पूर्वयुवराज पारससहितका नेताहरुको क्यारिकेचर गर्दै चर्चा बटुलेका थिए ।