२३ असोज, मेचीनगर : पछिल्लो २४ घण्टामा ८९९ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७६० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा ६३६ जनामा संक्रमण देखिएको छ भन ५ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १२ हजार ३१ जनाको कोरोना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख १ हजार ६३३ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९२ हजार ९६३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ७५ हजार ७२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।