११ मंसिर, मेचीनगर : पछिल्लो २४ घण्टामा ३२५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २१३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९०७ जनाको पीसीआर परीक्षण गर्दा १९७ जनामा संक्रमण देखिएको छ भने १ हजार ७२५ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ६ हजार ६३२ जनाको कोरोना परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १५६ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख २० हजार ७२४ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ४६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख २ हजार ४७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


