१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस

सेयर:

२५ पुस, काठमाडौँ : कोरोना भाइरसको संक्रमण फेरि फैलिन थालेपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले देशभरका विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसीसी व्यवस्थापन समितिको बैठकले १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै हिउँदे बिदाको रुपमा विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

देशभरका विद्यार्थीहरूले पूर्ण रुपमा खोप नलगाएको र संक्रमण बढ्दै गएकोमा रोकथामका लागि उक्त सिफारिस गरिएको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

‘स्कुलका बालबालिकाहरूले पूर्ण मात्रा खोप नलगाइसकेको अवस्था र कोरोना संक्रमण पनि फैलिन थालेकोले यसलाई रोक्न व्यवस्थापन समितिको बैठकले स्कुलहरू बिदा गराउन सरकारलाई आग्रह गरेको हो,’ प्रवक्ता नेपालले इकान्तिपुरसँग भनिन् ।

यस्तै बैठकले कोरोना संक्रमण रोकथामका लागि २५ जनाभन्दा धेरैको भेला नगर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । राजनीतिक दलहरूलाई २५ जनाभन्दा धेरैको जमघट हुने भेला, कार्यक्रम तथा महोत्सव नगर्न पनि सिफारिस गरिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।