११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

योगेन्द्र उपाध्यायको गजल ‘अन्धकार ‘ सार्वजनिक

सेयर:

३१ जेठ, काँकरभिट्टा : गायक तथा संगीतकार योगेन्द्र उपाध्यायको गजल ‘अन्धकार’ युट्यूब मार्फत सार्वजनिक भएको छ । योगेन्द्र उपाध्यायको संगीत रहेको यस गजललाई जि.आर. न्यौपानेले लेखेका हुन् भने चर्चित गायक यमन भारद्वाजले स्वर दिएका छन् । विश्व अधिकारीको संगीत संयोजन रहेको उक्त गजल ओपल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।अडियो मिक्सिङ् आकास नेपालीले गरेका हुन् भने यसको भिडियो सम्पादन पनि योगेन्द्र उपाध्यायले गरेका हुन् । यस गजललाई भावना भण्डारीले निर्माण गरेकी हुन् ।

झापा मेचीनगरका बासिन्दा योगेन्द्र निरौंला नेपाली सांगीतिक क्षेत्रमा योगेन्द्र उपाध्याय नामले परिचित छन् । उनको संगीतमा नेपालका चर्चित गायक – गायिकाहरु अन्जु पन्त, मेलिना राई, अस्मिता अधिकारी, रचना रिमाल मोहन के. राई, मनोज मनसुन आदि थुप्रै गायक गायिकाहरुले स्वर दिइसेका छन् । आगामी दिनमा उनले आफ्ना गीतहरुको संगालोहरु सार्वजनिक गर्ने तयारी गरेका छन् । सार्वजनिक ‘अन्धकार’ गजलको भिडियो उनको आफ्नै युट्यूब च्यानल योगेन्द्र उपाध्याय अफिसियलमा हेर्न र सुन्न सकिन्छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।