१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पत्रकार पोर्तेललाई पितृशोक

सेयर:

मेचीनगर, ३१ जेठ : पत्रकार पर्वत पोर्तेललाई पितृशोक परेको छ । उहाँका वुवा धनबहादुर विश्वकर्माको सोमबार विहान ९ बजेर ५० मिनट जाँदा मेची आम्दा हस्पिटल धुलावारीमा ७६ वर्षको उमेरमा निधन भएको हो ।

मेची बस व्यवसायी संघ र त्यसभन्दा अघि कनकाई यातायात व्यवसायी संघको समेत यातायात मजदुर रहेका धनबहादुर जीवनको पछिल्लो समयसम्म सोही क्षेत्रमा आवद्ध रहनु भएको थियो ।

धनबहादुरका पत्नी चन्द्रकला विश्वकर्मा, चार छोराहरु बलबहादुर, हिमाल, पर्वत र दुर्लभ पोर्तेल छन् भने तीन छोरीहरु पवित्रा, युगमाया र रोशनी छन् ।

उहाँका जेठा छोरा बलबहादुर राष्ट्रिय समाचार समिति झापाका सिनियर कर्मचारी हुनुहुन्छ भने माइलो हिमाल सामाजिक क्षेत्रका युवा अगुवा र साइला छोरा पर्वत कान्तिपुर दैनिकका झापा समाचारदाता हुनुहुन्छ । साइली बुहारी कविता नेपाल परिवर्तन थिएटरकी संस्थापक तथा प्रसिद्ध नाट्यकर्मी हुनुहुन्छ ।

पारिवारिक स्रोतका अनुसार दमका विरामी धनबहादुरलाई स्वास्थ्यमा समस्या आएपछि धुलावारीको मेची आम्दा हस्पिटलमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि मेची अस्पताल भद्रपुर लैजाने तयारी हुँदाहुँदै उहाँको निधन भएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।