१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह स्थगित

सेयर:

२ साउन, बिर्तामोड : प्रेस सङ्गठन नेपाल झापाले साउन ७ गते वितरण गर्ने भनिएको डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह हाललाई स्थगित गरेको छ ।

सङ्गठनका संयोजक झुलन रेग्मीको अध्यक्षतामा शनिवार बिर्तामोडमा बसेको बैठकले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै पुरस्कार समारोह स्थगित गरेको हो ।

झापालगायत देशभर कोरोना संक्रमण दर बढिरहेको र प्रशासनले सभा सम्मेलनमा रोक लगाएका कारण कार्यक्रम केही समयका लागि सारिएको सङ्गठनका सचिव उद्धव पुरीले जानकारी दिनुभयो । प्रशासनले साउन ७ गतेसम्म झापामा निषेधाज्ञ जारी गरेको छ ।

क्रान्तिकारी विचारधाराका पत्रकार देवकुमार आचार्य (डी.कौडिन्य) लाई समाचार लेखेकै कारण तत्कालीन शाही सेनाले २०५९ साउन ७ गते चारआली व्यारेकमा हत्या गरेको थियो । उनैको सम्झनामा सङ्गठनले पुरस्कार स्थापना गरेको हो । परिस्थिति सहज बनेपछि सङ्गठनको आगामी बैठकले पुरस्कार वितरण समारोहको मिति तय गर्ने छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।