११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

गद्दार र देशद्रोही घोषणा गर्ने अधिकार पनि अध्यक्षलाई दिऔं-वामदेव गौंतम

सेयर:

२५ साउन, काठमाण्डौं : नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी ओलीका अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्। ओलीले वरिष्ठ नेता माधव नेपालप्रति दिएका अभिव्यक्तिलाई लिएर उनले बैठकमा कटाक्ष गरेका हुन्।

विधान संशोधनमा आफ्नो धारणा राख्दै उनले अध्यक्षका अधिकार थप्न सुझाएका थिए। अध्यक्ष ओलीले नेपाललगायत विभिन्न अभिव्यक्ति दिएको भन्दै उनले अनुशासनको कारबाही शीर्षक दिएर आममाफी दिने अधिकार थप्न सुझाब दिएका थिए।

ओलीले नेपाललगायतका नेताहरूलाई आममाफी दिने घोषणा गरेका थिए। त्यसप्रति गौतमले स्थायी कमिटीमा कटाक्ष गरेका हुन्। ओलीले नेपाललगायतलाई अपराधी, गद्दार र देशद्रोहीको आरोप लगाउँदै दिएको अभिव्यक्तिप्रति पनि गौतमले असन्तुष्टि जनाउँदै विधानमै पो थप्ने कि भन्दै प्रश्न गरेका थिए।

‘अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्‍यो,’ ‘बोल्नुहुँदैन भने किन बोल्नुभयो, मनपरी गर्न पाइँदैन,’ बैठकमा सहभागी एक नेताले गौतमको भनाइ उद्धृत गर्दै भने।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।