१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

जबजको युग सिद्धियो, कसैले अनुसरण गर्न सक्दैन – झलनाथ खनाल

सेयर:

८ भदौ, काठमाडौं : नेकपा एमालेको वरिष्ठ नेताका रूपमा मिर्गौला प्रत्यारोपण गर्न दिल्ली गएका झलनाथ खनाल नेकपा एकीकृतको वरिष्ठ नेताका रूपमा फर्किने भएका छन् ।

चन्द्रागिरी रिसोर्टमा बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकलाई दिल्लीबाट भर्चुअल सम्बोधन गर्दै नेता खनालले आफू सोमबार नेपाल फर्किने बताए । उनले एमाले विभाजनलाई क्रान्तिकारी व्रिद्रोहको संज्ञा दिदै स्थायी कमिटीका सदस्यहरूले मध्यपन्थी अवसरवादको बाटो लिएर केपी ओलीलाई सघाएको आरोप लगाए ।

नेकपा एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवादको युग सकिएको बताए । उनले जनवादी क्रान्ति सम्पन्न भएसँगै अबको कार्यभार समाजवाद रहेको दावी गरे ।

खनालले भने, ‘कमरेडहरु, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन, अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम हो । हामीले युग अनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ ।’

खनालले नेकपा एकीकृत समाजवादीको बारेमा बुझाउन मुखपत्र छाप्ने र केपी ओलीको खण्डनमा सिंगो पंक्ति उत्रिनुपर्ने बताए । उनले सर्वोच्च अदालतको असार २८ को फैसलालाई पुस्तिकाको रूपमा छपाएर देशभर वितरण गर्न समेत आग्रह गरे ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।