१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

संविधान दिवसको अवसर : सामूहिक स्वार्थ सिद्धिकालागि अघि बढ्न नगरबासीमा कनकाई नगर प्रमुुखको अपिल

सेयर:

३ असोज, कनकाई : संविधान दिवसको अवसर पारेर कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले सबै नगरबासीलाई व्यक्तिगत होइन सामूहिक स्वार्थ सिद्धिकालागि अघि बढ्न अनुरोध गरेका छन् ।

कोरोना कहरका बीच नगरपालिका परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख पोखरेलले संविधान दिवसको दिनबाट नागरिकहरुकालागि अझै बढी काम गर्ने हौसला प्राप्त होस् भन्ने कामना गरेका छन् ।

संविधानमा उल्लेख भएका विषयहरुलाई आत्मासाथ गर्दै संविधानको भावना र मर्मलाई बजेट मार्फत प्रतिबिम्बित गर्दै अघि बढेको जानकारी गराउँदै नगर प्रमुख पोखरेलले कनकाई नगरबासीलाई सकारात्मक दिशा तर्फ अघि बढाउँने प्रयासमा आफूहरु क्रियाशील रहेको प्रष्ट पारेका छन् ।

शहिदहरुको तस्वीरलाई साँची राख्दै संविधानरुपी दस्तावेजलाई आधार बनाएर शहिदहरुले देखेको सपना पूरा गर्ने कार्यमा कनकाई नगरपालिकाको नेतृत्व प्रतिवद्ध रहेको नगर प्रमुख पोखरेलले जनाएका छन् ।

नगर प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख मन्जु प्रसाईँले संयुक्त रुपमा झण्डोतोलन गरेर दिप प्रज्वलनका साथ उद्घाटन गरिएको कार्यक्रममा उपप्रमुख प्रसाईँले स्वागत गरेकी थिइन् । शिक्षा शाखा प्रमुख पिताम्बर गौतमले संचालन गरेको कार्यक्रममा कनकाई नगर क्षेत्रका जनप्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ । संविधान दिवसको अवसरमा आज आइतबार साँझ कनकाई नगरपालिका परिसरमा दिपप्रज्वलन गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।