नेपालको भौगोलिक एकीकरणम गरेर महत्वपूर्ण योगदान दिएको सहभागीहरुको भनाई
२७ पुस, मेचीनगर : झापाको मेचीनगरमा मंगलबार राष्ट्रिय एकता दिवस तथा ३ सय औं पृथ्वी जयन्ती विभिन्न कार्यक्रमका साथ मनाईएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समितिको व्यवस्थापनमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति झापाले कार्यक्रमको आयोजना गरेको थियो ।
मेचीनगर—६ काँकरभिट्टास्थित पञ्चमुखी महनुमान मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा विभिन्न जात जातिको पहिचान झल्किने, साँस्कृतिक नृत्य, बजार परिक्रमा, शुभकामना आदान प्रदानसहित श्री ५ वडामहाराज धिराज पृथ्वीनारायण शाहको व्यक्तित्वमाथि चर्चा गरियो ।
नगरका विभिन्न वडाबाट सहभागीहरु विभिन्न जातजातिको पहिचान झल्किने झाँकी, राष्ट्रिय झण्डा र श्री ५ वडामहाराज धिराज पृथ्वीनारायण शाहको तस्वीरसहितको र्यालीसहित काँकरभिट्टा बजारको मुख्य बजारको परिक्रमा गरी कार्यक्रम स्थलमा सहभागी भएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति झापाका अध्यक्ष केशवप्रसाद ओझाको सभापतित्व र संविधान सभा सदस्य एवम् पूर्व मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम श्री ५ वडामहाराज धिराज पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण, दीप प्रज्वलनसहित विभिन्न गुरुकुलका बटुकहरुले स्वस्ती वाचन गरी उद्घाटन गरिएको थियो । मुण्डालगात विभिन्न जातजातिका समुदायहरुले आ आफ्नै भेषभुषामा नृत्य प्रदर्शन गरेका थिए । स—साना कलाकारहरुले राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरेका थिए । प्रमुख वक्ता गणेश निरौलाले पृथ्वीनारयण शाहाको जीवनीमाथि प्रकाश पार्नुभएाके थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले उस्बेलाको २२ से र २४ से राज्यलाई श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहले एकीकरण नगरिदिएको भए आज हामीले नेपाली भएर हिड्न सक्ने अवस्था नआउने बताएका थिए । नेपाल एकीकरणमा उहाँले देखाएको योगदान कुनै पनि नेपालीहरुले भुल्न नहुने वक्ताहरुको जोड थियो ।
नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वी जयन्ती तथा एकता दिवस हरेक ठाउँमा राष्ट्रिय उत्सवका रुपमा मानाउनुपर्नेमा सहभागीको जोड थियो । विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका कारण नै हरेक नेपालीहरले उच्च शिरका साथ आफुलाई नेपाली भन्न पाएको वक्ताहरुको भनाई थियो । नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएको भनाई थियो ।
वि.सं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उनी पराजित हुनुभएको थियो । १८०१ मा नुवाकोटमा विजयी भए । यसैगरी कीर्तिपुरमा पनि उनी दुई पटक पराजित भएका थिए । विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अंग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो । अंग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरेका थिए । यसपछि भारतमा उपनिवेश चलाइरहेका अंग्रेज पनि उनीसँग डराएका थिए । शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो। पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति झापाका सचिव भवानीप्रसाद राजवंशीले सञ्चालन र राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समिति अध्यक्ष सविना बजगाईँले स्वागत गरेको कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे, नेकपा एमाले जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नम्बर १ का नेता रमेश दाहाल, गैरआवसिय नेपाली महासंघ यूएईका महासचिव निश्चल दाहाललगायतले बोल्नुभएको थियो ।

