१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

देशभरका विद्यालयहरु ६ दिन बिदा हुने

सेयर:

२८ वैशाख, काठमाडौँ : स्थानीय तह निर्वाचन नजिकिएसँगै आजबाट देशभरका विद्यालय लगातार ६ दिन बन्द भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान केन्द्र कायम भएका विद्यालय वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द रहने जानकारी दिएको छ।

३१ गते शनिबार परेको छ भने जेठ १ गते सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू हुनेछ। २ गते बुद्ध जयन्ती परेको छ। निजी विद्यालयहरू पनि आजबाट अधिकांश बन्द भएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष डिके ढुंगानाले आजबाट ६ दिनसम्म विद्यालय बन्द हुने जानकारी दिए। उनले भने,‘सबै ठाउँका विद्यालय बन्द नहुन पनि सक्छन,तर,उपत्यकाको सबै बन्द हुन्छ,अब जेठ ३ गतेदेखि मात्रै खुल्छ।’

उनका अनुसार भाेट दिनका लागि अभिभावकहरू छाेराछाेरी लिएर गाउँ पुगेका छन्। त्यही कारण विद्यालय बन्द गर्नु परेकाे हाे। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विद्यालय, खाली स्वास्थ्य चौकीलगायत स्थानमा २१ हजार ९ सय ९५ मतदान केन्द्र तोकेको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।