१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

गठबन्धन दलबीच भागबन्डा टुंग्याउन गठित कार्यदलमा को–को छन् ? (सूचीसहित)

सेयर:

२० साउन, काठमाडौँ : सत्ता गठबन्धन दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको छ । शुक्रबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावी तालमेलका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेपाली कांग्रेसबाट तीन जना, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबाट दुई-दुई जना सदस्य रहेका छन् ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् । कार्यदललाई साउन मसान्तभित्र सबै निर्वाचन क्षेत्रको अवस्था विश्लेषण गरी सीट बाँडफाटको मोडालिटीसहितको सुझाव पेश गर्न निर्देशन दिइएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।