११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पृथ्वी जयन्ती तथा एकता  दिवस भव्य रुपमा मनाउन चर्चित अभिनेत्री मनिषा कोइरालाको अपिल

सेयर:
काँकरभिट्टा । चर्चित अभिनेत्री मनिषा कोइरालाले पुस २७ गते २९९ औँ पृथ्वी जयन्ती तथा एकता दिवस भव्य रुपमा मनाउन अपिल गरेकी छिन् ।

आज उनले ट्वीट गर्दै ” आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौँ पृथ्बीनारायण शाहप्रति, पुस २१ गते दिउँसो १ बजे, होटल यलो प्यागोडामा पत्रकार सम्मेलन र पुस २७ गते सार्वजनिक कार्यक्रम सिंहदरबार अगाडि जाओं ” भनेकी छिन् ।

कोइरालाले पत्रकार सम्मेलनको लागि तयार पारिएको निमन्त्रणा पत्र पनि पोस्ट गरेकी छिन् ।सो पत्रमा २९९ औँ पृथ्वी जन्म जयन्ती तथा एकता दिवस मूल समारोह समितिको तर्फबाट पूर्व डिआइजी रमेश खरेल , समाजसेवी भरत बस्नेत र मनिषा कोइरालाको संयुक्त हस्ताक्षर समेत रहेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।