१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रधानसेनापति शर्मालाई आज भारतको मानार्थ सेनाध्यक्षको दर्जाबाट सम्मान गरिँदै

सेयर:

२४ कार्तिक, काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मालाई आज भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदावधिबाट सम्मान गर्ने छन्। आज अपरान्ह प्रधानसेनापति शर्मालाई राष्ट्रपति भवनमा मानार्थ सेनाध्यक्षको सम्मान गरिने छ। त्यसका लागि भारतिय समकक्षी एमएम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा बुधबार भारत गएका छन्।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ। नेपालका तत्कालिन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो।

शर्माले आफ्नो भारत भ्रमणको शुरूआतमा नयाँ दिल्लीको इंडिया गेटस्थित अमर जवान ज्योतिमा पुष्पांजली अर्पण गरेका थिए। प्रधानसेनापति शर्माको सम्मानमा भारतीय सेनाको एक टुकडिले ‘साउथ ब्लक लन’ मा सम्मान गारत अर्पण गरेको थियो। भारत भ्रमणमा शर्माले उच्चस्तरीय भेटवार्ता गर्ने जनाइएको छ।

शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गर्नै जनाइएको छ। शर्माले भारतीय जल तथा हवाइ सेनाका प्रमुखहरुसँग पनि भेटवार्ता गर्ने तय भएको छ। शर्माले चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गर्नेछन्।

बुधबार बिहान भारत भ्रमणमा गएको प्रधानसेनापति शर्माको ९ सदस्यीय भ्रमण टोली कात्तिक २६ गते स्वदेश फर्कने छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।