१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कांग्रेस ८६ सिटमा सहमत

सेयर:

२१ भदाैं, काठमाडौं : कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । मंगदबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस ८६ सिटमा सहमत भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अरू बाँकी सिटबारे दलहरूबीच छलफल हुनेछ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि आफूहरूबीच सहमति भइसकेको बताए । अब लिपिबद्ध गर्न मात्र बाँकी रहेको उनको भनाइ छ । भोलिको बैठकमा प्रतिवेदन नै तयार पार्ने उनको दाबी छ ।

तर, उनले सिट संख्याबारे भने जानकारी दिएनन् । आफूहरूबीच सहमति भइसकेको भएपनि सिट संख्याको विवरण अहिले नै सार्वजनिक गर्न हतार हुने उले बताए ।

“भोलिको बैठकमा प्रतिवेदन तयार गर्छौं । अब लिपिबद्ध गर्ने चरणमा पुगेका छौँ । सिट संख्याबारे भन्न अहिले अलि हतार हुन्छ । अब लिपिबद्ध गरेर शीर्ष नेतृत्वलाई बुझाउँछौँ,” उनले भने ।

कार्यदलको बैठक भोलि अपराह्न ५ बजेका लागि फेरि बोलाइएको छ ।

कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो । कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो । तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने कांग्रेससँग ५० प्रतिशत राखेर बाँकीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।