१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

संस्थापन पक्ष बाहेकका कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज

सेयर:

महाधिवेशनका लागि दवाव दिइने

२५ साउन, काठमाडौं : विधिसम्मत १४ औं महाधिवेशनका लागि दवाव दिन नेपाली कांग्रेसको संस्थापनइतर समूहका जिल्ला सभापतिहरुको भेला आज बस्दैछ । क्रियाशील सदस्यता विवाद टुंगो नलागेको, तल्लो तहको अधिवेशन प्रभावित भएको र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएको भन्दै जिल्ला सभापतिहरु छलफलमा जुटेका हुन् ।

भेलाको संयोजन नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसी र काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानियाँले गरिरहेका छन् । भेलामा सहभागी हुन देशभरका झण्डै ४० जिल्ला सभापति काठमाडौं आउने दावी गरिएको छ ।

भेलाको संयोजन गरिरहेका नुवाकोट कांग्रेसका सभापति केसीले पार्टीभित्र पछिल्लो समय चर्चामा रहेका विषयमाथि छलफल गरेर साझा धारणा बनाउन खोजिएको बताए ।

‘पार्टी अत्यन्तै कमजोर अवस्थामा छ । महाधिवेशन समेत गर्न नसक्ने अवस्था छ । क्रियाशील सदस्यतामा मनपरी गरिएको छ । जिल्ला सभापतिलाई समेत गुमराहमा राख्न खोजिएको छ । यिनै विषयमा हामी छलफल गर्नेछौ,’ केसीले नेपाल प्रेससँग भने ।

भेला औपचारिक नभए पनि काठमाडौंमा उपलब्ध हुने सभापतिहरुको उपस्थिति रहने र निष्कर्षबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराइने केसीले बताए । काठमाडौंको ठमेलस्थित होटल यात्रीमा हुने बैठक २ दिन चल्नेछ । आज जिल्ला सभापतिहरुले छलफल गरेर निष्कर्ष निकाल्नेछन् । भोली वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुसमेत भेलामा सहभागी भएर छलफल गर्ने जनाइएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।