१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

सेयर:

२९ मंसिर, काठमाडौँ : नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्।

बुधबार बिहान सकिएको अन्तिम मतपरिणाम अनुसार देउवा २७३३ मत ल्याएर कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित भएका हुन्।

उनले निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई ८७८ मतले पराजित गरेका छन्। कोइरालाले १८५५ मत ल्याए। निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ।

महाधिवेशनमा दोस्रो चरणको निर्वाचनबाट देउवा सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल ४६२३ मत खसेको थियो। त्यसमध्ये ३५ मत बदर भएको थियो।

पहिलो चरणको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो। ७६ मत बदर भएको थियो।

सभापतिका पाँच जना उम्मेदवारमध्ये कल्याणकुमार गुरुङले २२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० मत शेखर कोइरालाले १७०२ र शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए।

पहिलो चरणको निर्वाचनमा कसैको बहुमत नआएपछि नतिजाका लागि दोस्रो चरणको निर्वाचन गरिएको थियो। दोस्रो चरणको निर्वाचनमा गुरुङ, सिंह र निधि तिनै जनाले देउवालाई सहयोग गरेका थिए।

देउवा १३औं महाधिवेशनमा नेता रामचन्द्र पौडेललाई पराजित गरेर पहिलोपटक सभापति निर्वाचित भएका थिए।

पौडेल समूहमा उम्मेदवार को हुने भन्ने कलह चलिरहँदा कोइराला बलिया उम्मेदवार बनेर मैदानमा निस्किएका थिए। सिंहले आफ्नो उम्मेदवारी नछाडेपछि पौडेल समूहबाट दुई जना उम्मेदवार भएका थिए।

निधि र सिंह दुवै मिलेपछि देउवाले सहज जित निकालेका हुन्।

देउवा डडेलधुरा जिल्लाको साबिक असिग्राम गाविस वडा नम्बर ५ मा जन्मेका थिए। पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिमा रहेका देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।