१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अब आउने आँधीवेरीले सभापति देउवालाई बहाउन सक्छ : वरिष्ठ नेता रामचन्द्र पौडेल

सेयर:

काँकरभिट्टा । विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्ष र ओली पक्षबीच आरोप प्रत्यारोपको जुहारी चलिरहदा यता नेपाली कांग्रेसमा पनि यसको गन्ध देखिन थालेको छ । हिजो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई अब आउने आँधीवेरीले बहाउन सक्ने चेतावनी दिनुभएको छ ।

नेपाली कांग्रेस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित प्रवचनमा बोल्दै पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा सभापति देउवालाई उक्त चेतावनी दिएको पौडेलले दाबी गर्नुभयो ।

‘कार्यसमितिमा सभापतिले भन्नुभयो चुनाव नगरेर केपी ओली कसरी नेपालमा बस्न सक्छन्?, मैले भने, चुनाव नगरेर ओली नेपालमा बस्न नसक्ने परिस्थितिमा जुन आँधीबेहोरी आउला त्यसले तपाईंलाई पनि बहायो भने के गर्ने?’

आफूले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा आन्दोलनमा जानुपर्छ भनेको बताउनुभयो । मैले त्यही बेला कार्यसमितिमा भनेको छु । हेर्नुस्, आँधीबेरी त आउनैपर्ने छ भने अहिल्यै यसलाई बचाउन पर्‍यो नि,’ उँहाले भन्नुभयो ।

संविधान जोगाउनका कांग्रेसले सबै किसिमका प्रयास गर्नुपर्ने उँहाको भनाइ छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।