१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

देउवालाई पौडेल समूहको प्रश्न : पार्टी कार्यालयको अनसन तोडाउनु पर्दैन ?

सेयर:

१८ असोज, काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी कार्यालय, सानेपामा जारी धर्ना र अनसनबारे नेतृत्वको ध्यानाकर्षण गराएको छ । क्रियाशील सदस्यताको विषयलाई लिएर कांग्रेस कार्यालय सानेपामा बारा र रौतहटका नेता कार्यकर्ता लामो समयदेखि अनसनमा छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आफूहरुले अनसन अन्त्य गर्ने वातावरण बनाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको वरिष्ठ नेता पौडेलले बताए ।

‘८० दिनदेखि सानेपामा पार्टीका नेता कार्यकर्ताहरु रिले अनसन र धर्नामा छन् । सर्लाहीका नेताहरुले आमरण अनसन शुरु गरेका छन्,’ वरिष्ठ नेता पौडेलले अनलाइनखबरसँग भने, ‘पार्टीमा देखिएको क्रियाशील सदस्यताबारे सभापतिको ध्यानाकर्षण गराउन हामी बालुवाटार गएका हौं ।’

सानेपामा बारा र रौतहटका नेता कार्यकर्ता अनसनमा बस्दै आएका छन् । नेता पौडेलले क्रियाशील सदस्यताबारे आफूहरुले उठाएका मुद्दाबारे नेतृत्व भने संवेदनशील नदेखिएको बताए । ‘पार्टी कार्यालयमा जारी धर्ना र अनसन तोडाउनेतर्फ जाने कि सहमतिका नाममा पेलेर अगाडि बढ्ने भनेर हामीले प्रश्न गर्‍यौं,’ पौडेलले भने, ‘क्रियाशील सदस्यताको विषय लाजमर्दो भइसक्यो ।’

कांग्रेसले बारा, रौतहट र रसुवाको क्रियाशील सदस्यता अझै टुंग्याउन सकेको छैन ।

बालुवाटारमा भएको छलफलमा देउवासँगै नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, सहमहामन्त्री प्रकाशशरण महत लगायतका नेता सहभागी थिए ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापतिलाई भेट्न जानुअघि पौडेल समूहका नेताहरुबीच छलफल भएको थियो । उनीहरुले क्रियाशील सदस्यताका विषयमा नेतृत्वको ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालेका थिए ।

अनलाइनखबरबाट
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।