११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सत्ता गठबन्धनलाई विकास र समृद्धिका एजेन्डासँग मतलब छैन : पोखरेल

सेयर:

२२ माघ, काठमाडौँ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेन्डासँग कुनै मतलब नभएको बताएका छन् । उनले संविधान, मूल्यमान्यता र परम्परागत अभ्यासविपरीत बनेको गठबन्धनले देशवासीको आर्थिक समृद्धि र विकासको सपना पूरा गर्नुको सट्टा देश विकास गर्नुपर्छ भन्ने सपनालाई मूर्छित पार्ने काम गरिरहेको बताए ।

प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा शनिबार आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले सत्ता गठबन्धनको मूल उद्देश्य एमालेलाई समाप्त गर्ने भन्नेमात्रै भएको आरोप लगाए । ‘यो गठबन्धन एकातिर छ, अर्कोतिर नेकपा एमाले उभिएको छ । त्यसैले यो गठबन्धन विशुद्ध एमाले समाप्त गर्नुपर्छ भन्ने विशाक्त उद्देश्यले बनेको छ,’ उनले भने, ‘हामी संघीयताको बलियो कार्यान्वयन चाहन्छौं । तर, यो गठबन्धनमा संघीयताको ‘स’ समेत सुन्न नचाहनेहरू पनि छन्, त्यही फेरि अहिले भएका सात प्रदेशले पुगेन भनेर टोकाटोक गर्ने पनि त्यही छन् । यहीबाट प्रस्ट हुन्छ कि यो गठबन्धन कुनै मूल्य मान्यतामा आधारित छैन, एमालेको विरोध गर्ने मात्रै हो ।’

नेता पोखरेलले एमालेनिकट पत्रकारहरू ‘टु इन वान’ हुनुपर्ने बताए । ‘तपाईंहरू पत्रकार हो, त्यसैले तपाईंहरुसँग पत्रकारिताको पेसागत सीप, क्षमता, दक्षता र मर्यादा अनिवार्य छ,’ उनले भने, ‘तबमात्रै तपाईंहरूले नेकपा एमालेलाई समर्थन गरेको अर्थपूर्ण हुन्छ ।’

उनले आगामी दिनमा रचनात्मक कार्य गर्दै संगठनलाई अघि बढाउन निर्देशन दिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।