१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

तोकिए झापामा मूख्य निर्वाचन अधिकृतसहित अधिकृतहरु

सेयर:

७ वैशाख, मेचीनगर : पहिलो स्थानीय तहको निर्वाचनमा दुई—दुईजना महिला निर्वाचन अधिकृत पाएको झापाका पालिकाहरुले आसन्न वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा एकजना पनि महिला निर्वाचन अधिकृत प्राप्त गर्न सकेनन् ।

२०७४ साल बैशाख ३१ गते भएको पहिलो स्थानीय तहको चुनावका लागि जिल्लाकै जनसंख्या र भुगोलका आधारमा सबैभन्दा ठूलो मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी इन्दिरा शर्मा र गौरादह नगरपालिकाको निर्वाचन अधिकृत सकुन्तला कार्कीलाई जिम्मेवारी प्रदान गरिएको थियो । तर, आगामी वैशाख ३० गते हुने निर्वाचननमा झापाका १५ वटा पालिकामध्ये कसैले पनि महिला निर्वाचन अधिकृत प्राप्त गरेनन् ।

मुलुक संघीयतामा प्रवेश गरेपछि दोस्रोपटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित झापाका १५ वटै पालिकामा निर्वाचन अधिकृतहरु समेतको टुंगो लागेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकासहित १५ वटा स्थानीय तहका लागि निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।

जिल्ला निर्वाचन कार्यालय झापाका सुचना अधिकारी प्रेमप्रसाद निरौलाका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी गिरीराज गौतमलाई प्रदान गरिएको छ । गौतम जिल्ला अदालत झापाका प्रमुख न्यायाधीस हुनुहुन्छ । भद्रपुर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी समेत मुख्य निर्वाचन अधिकृत गौतमले नै सम्हाल्नु हुनेछ् ।

यसैगरी मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी वेदराज फुयाँललाई दिइएको छ । अघिल्लो निर्वाचनमा मेचीनगर नगरपालिकामा निर्वाचन अधिकृतको जिम्मेवारी इन्दिरा शर्मालाई प्रदान गरिरहदाँ फुयाँललाई दमक नगरपालिकाको निर्वाचन अधिकृत तोकिएको थियो । विर्तामोड नगरपालिकमा डम्बरप्रसाद काफ्ले, कनकाई नगरपालिकामा दिपक कोइराला, शिवसताक्षी नगरपालिकामा ऋषि पौडेल, अर्जुनधार नगरपालिकामा लोकबहादुर कट्वाल, गौरादह नगरपालिकामा विदरुकुमार कार्कीलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ । यसअघिको निर्वाचनमा सकुन्तला कार्कीले निर्वाचन अधिकृतको जिम्मेवारी प्राप्त गर्नुभएकोे थियो । दमक नगरपालिकामा केशवप्रसाल पन्तलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ७ वटा गाउँपालिकामा समेत निर्वाचन अधिकृत तोकि सकिएको छ । प्रकाश गौतमलाई कमल गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ भने, गौरीगञ्ज गाउँपालिकाको निर्वाचन अधिकृतको नेतृत्व भेषराज कोइरालाले सम्हाल्नु हुने छ । पुष्करराज प्रसाईले बाह्दशी गाउँपालिका, मानबहादुर घिमिरेले झापा गाउँपालिका, डम्मरुप्रसाद निरौलाले बुद्धशान्ति गाउँपालिका, नारदप्रसाद भट्टराईले हल्दीवारी गाउँपालिका र वीरेन्द्रबहादुर बस्नेतले कचनकवल गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी पुरा गर्ने छन् ।

मुख्यः निर्वाचन अधिकृत गौतमले अन्य निर्वाचन केन्द्रमा खटिएका अधिकृतसंग समेत समन्वय गर्नुहुने छ । उहाँको कार्यक्षेत्र भद्रपुर नगरपालिका भएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ भद्रपुरमा रहने छ । १४ जना निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित नगर तथा गाउँपालिकामा स्थापना हुने निर्वाचन कार्यालयले झापाले जनाएको छ । निर्वाचन अधिकृतसंगै सहायक निर्वाचन अधिकृत, कम्प्युटर प्राविधिक, नायव सुब्बा, खरिदार, चालक र लेखापाल समेत रहने छन् । दैनिक कार्य सम्पादन गनृका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित नगर तथा गाउँपालिकामा स्थापना गर्न लागिएको हो ।


हेरौ को कहाँ

मुख्यः निर्वाचन अधिकृत गिरीराज गौतम भद्रपुर नगरपालिका

निर्वाचन अधिकृतहरुः

बेदराज फुयाँल – मेचीनगर नगरपालिका

ऋषि पौडेल – शिवसताक्षी नगरपालिका

डम्बरप्रसाद काफ्ले – विर्तामोड नगरपालिकका

लोकबहादुर कट्वाल – अर्जुनधारा नगरपालिका

दीपक कोइराला – कन्काई नगरपालिका

विदुकुमार कार्की – गौरादह नगरपालिका

केशवप्रसाद पन्त – दमक नगरपालिका

प्रकाश गौतम – कमल गाउँपालिका

भेषराज कोइराला – गौरीगञ्ज गाउँपालिका

पुष्करराज प्रसाई – बाह्दशी गाउँपालिका

मानबहादुर घिमिरे – झापा गाउँपालिका

डम्मरुप्रसाद निरौला – बुद्धशान्ति गाउँपालिका

नारदप्रसाद भट्टराई – हल्दीवारी गाउँपालिका

वीरेन्द्रबहादुर बस्नेत – कचनकवल गाउँपालिका

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लक्ष्मी उप्रेती

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।