१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

त्रिवि शिक्षण अस्पतालमा छैंटौं कलेजो प्रत्यारोपण

सेयर:

९ असोज, काठमाडौँ: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छैटौं व्यक्तिको सफल कलेजो प्रत्यारोपण भएको छ। अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शुक्रबार कलेजोको सफल प्रत्यारोपण गरेका हुन्।

काठमाडौँका ३६ वर्षीय पुरुषलाई उनलाई ३१ वर्षीया श्रीमतीले कलेजो दिएकी हुन्। डा. भण्डारीकाअनुसार शुक्रबार दिउँसो दुई बजेदेखि सुरु गरिएको प्रत्यारोपण राति ११ बजे सकिएको थियो ।

डा. भण्डारीसहितको टिमलाई भारतको फोर्टिस अस्पतालबाट आएका डा. विवेकसहितको टिमले सहयोग गरेको थियो। यसअघि भण्डारीकै नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा पाँच जनाको सफल कलेजो प्रत्यारोपण भएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।